काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो ।
कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्यबिना क्षति ४.२ ओभरमा पूरा गरेको हो । नेपालले पहिलो पटक हङकङ सिक्सेस प्रतियोगिता खेलिरहेको छ । जोराले १२ बल खेल्दै ३ चौका र ६ छक्काको सहयोगमा ५० रन बनाए । उनी अर्धशतकपछि रिटायर्ड आउट भएका थिए ।
यस्तै रासिद खानले ५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरेर अविजित २१ रन बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी २० रन बनाए । त्यसअघि मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५.५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले १ चौका र ७ छक्का प्रहार गरे । समित पटेलले १७ बलमा ३चौका र ३ छक्का प्रहार गर्दै ३९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका लागि प्रतिश जिसी प्रभावकारी रहेका थिए । २ ओभर बलिङ गरेका उनले १८ रन खर्चेर ३ विकेट लिए । समूह बी मा रहेको नेपालले अब आइतबार अष्ट्रेलियाको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्