काठमाडौं, भदौ ३१ । राष्ट्रियसभाको आज बसेको बैठकले मौलिक हक कार्यान्वयन सम्बन्धी विभिन्न सात विधेयक पारित गरेको छ ।
बैठकले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक र रोजगारीको हक सम्बन्धी विधेयक पारित गरेको हो ।
यस्तै, बैठकले उपभोक्ता संरक्षण विधेयक, खाद्य अधिकार सम्बन्धी विधेयक र आवासको अधिकार सम्बन्धी विधेयक पनि पारित गरेको छ । आजको बैठकले भूमि सम्बन्धि सातौँ संशोधन विधेयक पनि पारित गरेको छ ।
राष्ट्रियसभाको आज बसेको पहिलो बैठकमा सभाका सचिवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विभिन्न ४ विधेयक टेबुल गरेका थिए ।
त्यसपछि सभाका अध्यक्ष गणेश तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
आजै बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत भएको थियो । प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्