
काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा नम्बर कलाकार समितिले नयाँ वर्ष नेपाल सम्वत् ११४५ को अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितमा २३ प्रतिस्पर्धीले सहभागी भएका छन् ।
प्रतिस्पर्धीहरुले ग्राण्ड फिनालेका लागि कार्तिक १० गते शनिबारका दिन रत्नाकर महाविहार, हःबहा, रत्नाकर सामुदायिक भवनमा हुने अडिशन पार गर्नुपर्नेछ । ग्राण्ड फिनाले भने कार्तिक १६ गते शुक्रबार पाटन दरबार क्षेत्रस्थित कात्तिदबूमा साँझ ४ बजे हुने आयोजक समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्