
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको सातौं संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार अपराह्न साढे ५ बजे पाकिस्तान र भारतबीचको खेलपछि प्रतियोगिता औपचारिकरुपले शुरु हुनेछ ।
प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली ७ राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश छन् भने समूह ‘बी’ मा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् । नेपालले आफ्नो पहिलो खेलमा भोलि भुटानको सामना गर्नेछ ।
नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा तथा २०२२ मा काठमाडौंमा प्रतियोगिता आयोजना गरेको थियो । यसअघिका ६ मध्ये पाँच संस्करणको फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्