काठमाडौं, भदौ ३१ । प्रतिनिधिसभाले मौलिक हक कार्यान्वयन सम्बन्धी सम्पूर्ण विधेयक पारित गरेको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकले अपराध पीडित संरक्षण र बालबालिका सम्बन्धी विधेयक पारित गरेसँगै हालसम्म मौलिक हक कार्यान्वयन सम्बन्धी १५ विधेयक पारित भएको हो । पारित भएका विधेयकहरुमा वैयक्तिक गोपनियता, जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय पहिलो संशोधन, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक छन् ।
त्यसैगरी सामाजिक सुरक्षा, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार, जनस्वास्थ्य रोजगारीको हक, उपभोक्ता संरक्षण, खाद्य अधिकार सम्बन्धी विधेयक पनि पारित भएका छन् । यस्तै, प्रतिनिधिसभाले आवासको अधिकार, भूमिसम्बन्धी सातौँ संशोधन विधेयक, अपाङ्गता भएका व्यक्तिको अधिकार ऐन संशोधन गर्न बनेको विधेयक र वातावरण संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पनि पारित गरेको छ ।
आगामी असोज २ गतेभित्र मौलिक हकसँग सम्बन्धित कानुन निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्