Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सरकारको निर्देशन विपरित रात्रि बस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ : सांसद थापा


676
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रिबस सञ्चालन भएको भन्दै यसको छानविन गर्न माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रिबस सञ्चालन नगर्न निर्देशन गरेको भएपनि रात्रिबस सञ्चालन भएको भन्दै यस बारेमा छानविन गर्नुपर्ने बताउनुभएको हो ।

सांसद थापाले सरकारको निर्णय विपरित रात्रिबस सञ्चालन भएको विषयलाई कसै न कसैले जिम्मा लिनुपर्ने बताउनुभयो । त्यसैगरी नख्खु बाढीमा फसेकाहरुको उद्धार गर्न नसकिएको विषयमा पनि छानविन गर्नुपर्ने उहाँले माग गर्नुभयो । नख्खु बाढीमा फसेकाहरुको समयमै उद्धार गर्न नसक्नुमा कसको दोष हो यस विषयमा छानविन गरी दोषि उपर कारबाही गर्नुपर्ने उहाँको भनाई छ ।

सांसद थापाले संघीय सरकार उद्धारमा केन्द्रित हुनुपर्ने र राहत वितरणको काममा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।