१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


विमित नागरिकले मात्रै राष्ट्रिय परिचय पत्र र राहदानी पाउन सक्ने नीति बनाउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन नागरिक विमित भएको हुनुपर्ने नीति सरकारले ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो प्रश्ताव अघि सार्नुभएको हो ।

स्वास्थ्यमन्त्री पौडेलले विमित भएको नागरिकले मात्रै राष्ट्रिय परिचय पत्र र राहदानी पाउनसक्ने नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले राहदानीको र राष्ट्रिय परिचयपत्रको आधारमा बीमा परिचय पत्र दिने नभइ बीमा परिचय पत्रको आधारमा राष्ट्रिय परिचय पत्र पाउने व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले बीमालाई व्यवस्थित गर्ने, सबै नागरिकसँग जोड्ने र नागरिकलाई बीमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति बनाएर छोड्ने दाबी गर्नुभयो । उहाँले स्वास्थ्य बीमाको श्रोतलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्त्री पौडेलले अस्पतालको वर्गिकरण शैय्याको आधारमा नभइ उपचारका आधारमा हुनुपर्ने बताउनुभयो ।