१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


टि–ट्वेन्टी खेल : ओमानमाथि नेपालको जित


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जारी क्यानाडा भ्रमणमा पहिलो जित निकालेको छ । त्रिकोणात्मक टि–ट्वेन्टी क्रिकेट श्रृंखलाको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।

क्यानाडको ओन्टारियोस्थित किंग सिटीमा सम्पन्न खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । नेपालको लागि गुलशन झाले अविजित ४० रन बनाए । जवाफमा १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमानले १९ ओभर १ बलमा अलआउट हुनुपूर्व १ सय ३९ रन मात्रै बनाउन सक्यो ।

ओमानका सोयब खानले ४५ रन जोडे । नेपाललाई विजयी गराउन करण केसीले ३ तथा कुशल भुर्तेल र गुलशन झाले २–२ विकेट लिए । क्यानाडा भ्रमणमा नेपालले खेलेका ६ खेलमा यो पहिलो जित हो ।

यसअघिको एउटा टि–ट्वेन्टी तथा चारवटा एक दिवसीय खेलमा नेपाल पराजित भएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो १२ खेलमा निकालेको यो पहिलो जित हो ।