२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


नयाँघरेको ‘आगोको बीउ’ लोकार्पण


117
Shares

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको कृति ‘आगोको बीउ’ निबन्ध संग्रह लोकार्पण गरिएको छ । नयाँघरेको यो १९ औ कृति हो । वरिष्ठ कवि तथा समालोचक कृष्ण धरावासीले काठमाडौमा उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।

धरावासीले ‘आगोको बीउ’ निबन्धमा पाठकलाई लोभ्याउने जादु भएको उल्लेख गर्नुभयो । निबन्धकार नयाँघरेको समसामयिक विषयलाई जस्ताको तस्तै चित्रण गर्ने क्षमता रहेको भन्दै आगोको बीउलाई आगोसंँग चित्रण गर्नुभयो ।

कृतिकार नयाँघरेले आफु निवन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने बताउनुभयो । निबन्ध आफ्ना लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी भएको उहाँको भनाइ थियो । उहाँले आगोको बीउ निबन्ध दशैमा पाठककालागि खुराक हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

कृतिमाथि आख्यानकार तथा निवन्धकार अनिता कोइराला, भारती न्यौपाने, कुमारी लामा, ज्ञानु अधिकारीलगायतले टिप्पणी गर्नुभएको थियो । नयाँघरेको निबन्धसंग्रह ‘एक हातको ताली’ले मदन पुरस्कारसमेत पाइसकेको छ । पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो ।