२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


उपनिर्वाचनका लागि दल दर्ता गर्न आव्हान


0
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजबाट दल दर्ता आव्हान गरेको छ ।

आगामी मंसिर १६ गते तय भएको उपनिर्वाचनका लागि आयोगले दल दर्तासम्बन्धी सूचना निकालेको हो । दलहरुले आजदेखि असोज १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार सूचना जारी गरेको छ ।

यसपटक शीर्ष राजनीतिक दलहरुले एक्लै चुनाव लड्ने तयारी गरेका छन् । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु गरि रिक्त ३९ पदमा उपनिर्वाचन हुन लागेको हो ।