एजेन्सी । लेबनानमा इजरायलले हिजबुल्लाहलाई लक्षित गरिएको हवाई हमलामा एकैदिन ४ सय ९२ जना मारिएका छन् । मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला रहेको र १६ सय बढी घाइते भएका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार लेबनानको इतिहासमा लगभग २० वर्षमा भएको यो सबैभन्दा घातक द्वन्द्व हो । इजरायली सेनाको आक्रमण तीब्र भएपछि हजारौं घरपरिवार लेबनान छोडी पलायन भएका छन् ।
यता हिजबुल्लाहले इजरायली आक्रमणको प्रतिकार स्वरुप हिजबुल्लाहले उत्तरी इजरायलमा २ सय बढी रकेट प्रहार गरेको छ । यी दुई समुहबीचका द्धन्द्ध लामो युद्धको संघारमा पुगेको भन्दै विश्वका शक्ति राष्ट्रहरुले संयमता अपनाउन आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बढ्दो स्थितिमा चिन्ता व्यक्त गर्दै लेबनान अर्को गाजा नबोनस भनि कामना गर्नुभएको छ ।
हमास र हिजबुल्लाह दुवै समूहलाई इरानको समर्थन रहेको र इजरायल, बेलायत र अन्य देशहरूले आतंकवादी संगठनको रूपमा परिभाषित गरिसकेको छ ।
लेबनानी सुरक्षाकर्मीहरुका अनुसार आक्रमणमा दक्षिणी लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर अली कराकीलाई निशाना बनाएको तर उनी मारिए कि जिउँदै छन् भन्ने स्पष्ट नभएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्