 
	    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
आइतबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका जोशीलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।
पोखरा महानगरपालिका वडा नं ४, नालाकोमुख स्थित सूर्यदर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैर कानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरी ठगी सम्बन्धी कसुरमा संलग्न रहेको कारण छविलाललाई पक्राउ गरिएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्