१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


1.56k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचन पश्चात नेकपा एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताउनुभएको छ ।

शनिबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताउनुभयो । उहाँले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउन आग्रह गर्नुभयो । उहाँले नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख,राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो । आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह पनि गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलिय जनवादको आलोकमा संविधान कार्यन्वयन प्रक्रियामा रहेको बताउनुभयो । उहाँले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगेपनि भनेजस्तो काम नभएको बताउनुभयो । उहाँले मुलुकको राष्ट्रिय अर्थतन्त्र अहिले बलियो बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि आन्तरिक उत्पादन आवश्यक रहेको बताउनुभयो । उहाँले युवाहरु विदेशी जानुपर्ने अवस्था दुःखदायी भएको बताउनुभयो । उहाँले दलाल पुँजी वृद्धि हुने,अनौपचारिक क्षेत्र फैलिने तर राष्ट्रिय अर्थतन्त्र कमजोर हुँदा जनताको बहुदलिय जनवादको आधार मानेर समाजवादमा पुग्न नसकिने बताउनुभयो । उहाँले मुलुक दलाल पुँजीको भरमा समाजवादमा पुग्न नसकिने दाबी गर्नुभयो ।