१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


‘फोन-पे’ले ल्यायो ‘सुपरयात्रा’ अभियान


299
Shares

काठमाडौं । फोनपे, नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्कले प्रतिक्षित “सुपरयात्रा” अभियान घोषणा गरेको छ ।

दशैं र तिहारको अवसरमा यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर आफ्ना सेवा प्रयोगकर्ताका यात्रा अझ सस्तो र सुविधाजनक बनाउने कम्पनीको दाबी छ ।

“सुपरयात्रा” अभियानको अंशको रूपमा, नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्तगर्ने जनाइएको छ । यस्तै, विद्यमान प्रयोगकर्ताहरूले २ सय क्यासब्याक को लाभ लिन सक्ने जनाइएको छ । यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ ।

एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्ने जनाइएको छ । यस्तै, हरेकहप्ता, पाँच भाग्यमानी सहभागीले स्मार्टवाच जित्ने अवसर पाउने कम्पनीको दाबी छ ।