Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)


1.3k
Shares

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाको वेबसाइटमार्फत ११ सय २४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरिएको हो ।

एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्कमा लगानी गरेको भन्दै अध्यक्ष जीबी राई, तत्कालीन प्रवन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछानेसहित सदस्य कुमार रम्तेल र सञ्चालक छविराज जोशीमाथि कारबाही सिफारिस गरेको छ ।

प्रतिवेदनले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट मात्र कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको किटान गर्दै सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न सिफारिस गरेको हो ।

समितिको यो प्रतिवेदन गत भदौ ३१ गते बसेको प्रतिनिधि सभा बैठकमा पेस गरिएको थियो भने सरकारलाई पठाइसकिएको छ । सरकारले पनि प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।