काठमाडौं । नेपाली टेलिश्रृंखला राधाकृष्ण शुक्रबारदेखि प्रशारणमा आउने भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सो जानकारी गराइएको हो ।
टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे)ले हरेक हप्ताको शुक्रबार साँझ ७ बजे बल्छी धुर्वे युटुवमा टेलिश्रृंखला प्रशारण हुने जानकारी दिनुभयो ।
कलाकार श्रेष्ठले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धताकाका घटनाहरुलाई देखाइने बताउनुभयो । उहाँले जनयुद्धकै कारणले स्वतन्त्र रुपमा बोल्ने अधिकार पाएको भन्दै उहाँले समाजमा परिवर्तन ल्याएको पनि जनयुद्धले नै भएको बताउनुभयो । उहाँले बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नराख्न समेत आग्रह गर्नुभयो ।
उहाँले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धका घटनालाई देखाइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्