Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उपसभामुख रानाले पदबाट राजीनामा दिनुपर्छ : सांसद गौतम


962
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ ।

उपसभामुख रानाले आफ्नो पदीय मर्यादालाई कायम राख्न पनि पदबाट राजीनामा दिनुपर्ने सांसद गौतमको जिकिर थियो । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गौतमले उपसभामुख जस्तो व्यक्तिले असम्बन्धित मान्छेलाई अमेरिका लैजानका लागि सिफारिस गर्ने कुरा पदीय जिम्मेवारी विपरित र अपराधजन्य कार्य भएको पनि बताउनुभयो । उहाँले महिलाको कुरा गरेर, करुणाको कुरा गरेर उहाँबाट भएको गल्तीलाई माफी दिन नसकिने पनि बताउनुभयो ।

सांसद गौतमले पदबाट राजीनामा दिएर उपसभामुख रानाले इमानको मानक राख्न सक्नुपर्ने समेत बताउनुभयो ।