काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो ।
उपराष्ट्रपति यादवले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएपनि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्र युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको बताउनुभयो ।
उपराष्ट्रपति यादवले कृषि क्षेत्रमा युवालाई सक्रिय रुपमा सहभागी गराउनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि खाद्य प्रणालीमा नयाँ युगको नेतृत्व युवाहरुकै हातमा रहेको बताउनुभयो । कृषि खाद्य प्रणालीमा नाफामात्र नभइ गरिवी निवारण, क्षेत्रीय विकास, सामाजिक रुपान्तरण, नविनता प्रवद्र्धन र विज्ञान तथा प्रविधिको प्रयोगमा जोड दिन एवं युवालाई नेतृत्वदायि भुमिका खेल्न आह्वान गर्नुभयो ।
उपराष्ट्रपति यादवले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित र लगानीमा प्रोत्साहन, साझा लगानीको पहल र विज्ञान, नवप्रवर्तन तथा सामुहिक समावेशीकरणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्