१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


नेपाल डेरी एसोसिएसन, मेची महाकाली भ्रमण सम्पन्न


221
Shares

काठमाडौं । नेपाल डेरी एसोसिएसन सुदुरपश्चिम प्रदेशको मेची महाकाली भ्रमण तथा अध्ययन अवलोकन सम्पन्न गरेको छ ।

नेपाल डेरी एसोसिएसन २०५५ सालमा विधिवत रुपमा दर्ता भई दुग्ध उद्योगीहरुको हक हितमा काम गर्दै आइरहेको संस्था हो । २६औं वर्षमा प्रवेश गरिरहँदा एसोसिएसनले सात प्रदेश र २३ वटा जिल्लामा आफ्नो संगठन बिस्तार भएको छ ।

विभिन्न उतारचढावको सामना गर्दै पालिका, जिल्ला, क्षेत्रिय कार्यालय लगायत सातै प्रदेशमा आफ्नो संगठन विस्तार गर्दै आज देशभर करिव ३२० दुग्ध उद्योगीहरु यस छाता संगठनको सदस्य बनेका छन् ।

एसोसिएसनभित्र आफ्ना उद्योगीहरुको स्तरोन्नतीका लागि विभिन्न तालिम, गोष्ठि एवं अध्ययन अवलोकनका कार्यहरु हुने गर्दछ्न् । सोही अनुसार सुदुरपश्चिम प्रदेशले मेची महाकालीको ५ दिने अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको कुरा एसोसिएसनका सुदुरपश्चिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाले जानकारी गराउनुभयो ।

भ्रमण टोली धनगढीदेखि पूर्वको ईलामसम्म पुगेर फर्केको छ । भ्रमणका क्रममा डेरी उद्योग, फार्म, विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको अवलोकन गर्नुका साथै उद्योगका विषयमा पनि जानकारी लिने दिने कार्य भएको थियो । अध्ययन गर्ने उदेश्यका साथ भ्रमण कार्यक्रम तय गरिएको कुरा भ्रमणमा सहभागी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालले बताउनुभयो ।

भ्रमणमा सुदुर पश्चिम प्रदेशका पदाधिकारी एवं सदस्यहरुको सहभागी रहेको थियो । भ्रमण सुदुर पश्चिम प्रदेशको धनगढीस्थित श्रीराम डेरी उद्योगको परिसरबाट शुरु गर्दै लुम्बिनी प्रदेशको तुल्सिपुरस्थित रेशम बहादुर खड्काको फार्मको अवलोकन गरिएको थियो ।

गत बर्ष बंगलादेश, कतार, इजरायल, भारत लगायतका देश भ्रमण गरिएको थियो भने यस वर्ष श्रीलंका र अब तत्काल चीन जाने तयारी रहेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताउनुभयो ।