१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


समाजले हेर्न दृष्टिकोणका कारण सारङ्गी बजाउन हिच्कीचाउँछन् गन्धर्व समुदायका युवा


494
Shares

काठमाडौं । एक तार बाद्य हो सारङ्गी, जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ । सारङी नेपाल, भारत र पाकिस्तानको लोकप्रिय बाजा हो । भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतको रुपमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीतमा प्रयोग गरिन्छ । परम्परागत रुपमा नेपालमा सारङी बाजा गन्धर्र्व जातीसँग जोडिएको छ ।

लोकप्रिय गायक झलकमान गन्धर्वले सारङी बजाएर चर्चित मात्र छैन, सारंगीको धुनमा गाइने यो विरासत बोकेको गीत पनि हो । कुनै समय गन्धर्व जातीले यही सारङी बजाएर देशका विभिन्न जिल्लामा गाउँदै हिडेर जिविकोपार्जन गर्ने गर्दथे । महिला होस् वा पुरुष अनि युवायुवती नै किन नहुन् हरेक उमेरका व्यक्तिले सारङी बजाउने पेशालाई निरन्तरता दिन छाडेका छैनन् ।

सारङी बादनलाई पेसा बनाउनेहरुले काठमाडौंमा कार्यालय नै खडा गरी सारङी बजाउने, तालिम दिने र सारंगी बिक्री गर्ने गरेका छन् । बाल्यकालदेखि खेलौनाको रुपमा लिने गरेको सारङी गन्धर्व जातीले बजाउँदा छुट्टै अनुभव हुने र संगीतको परिचय सारंगीले दिने गन्धर्व समुदाय भएको सांस्कृतिक कला संगठनका पूर्वअध्यक्ष पुजन गन्धर्व बताउनुहुन्छ ।

पर्यटकीय स्थल होस् वा राजमार्ग जुनसुकै कुनामा पुगी उनीहरु सारङी बजाई अरुको मन जित्ने प्रयास गर्छन । धादिङ निवासी बिमला आफ्नो श्रीमानबाट सिकेको यो कलालाई पेसाको रुपमा अंगालेको बषौं भइसक्यो । विशेषगरी नागढुंगाबाट मुग्लिन सडकखण्डमा गुड्ने बसहरुमा उनी चढ्छिन र यसरी सारङी बजाएर यात्रुको मन जित्ने अनि केही रकम जोहो गर्नुहुन्छ ।

यो पेसा अंगालेको २४ वर्ष बितिसक्दा पनि निरन्तर रुपमा लागि परेका छन् यो पेसामा । हरेक परिवेशलाई लयमा ढाल्ने शीप भएका यिनले नागढुंगा सडकखण्ड जाम हुँदा निराश र थकित यात्रु माझ सडक जामकै विषयलाई भाकामा ढालेर यात्रुलाई आर्कषित गर्न खोजेका थिए । त्यसो त अहिलेका युवा पुस्ताको रुचीलाई ध्यानमा राखी यी युवाले तिनै युवाहरुको मन पर्ने भाकामा सारङी बजाई जो कोहीको मन जित्ने प्रयासमा छन् ।

विशेष गरी गन्धर्व जातीले मात्रै बजाउने गरेको सारङी अहिलेको परिवेशमा हरेक युवाको आकर्षणको रुपमा रहेको छ । यद्दपी सारङी बजाउँदा समाजले हेर्न दृष्टिकोणका कारण गन्धर्व जातीका युवा पुस्ता भने यो पेसा अंगाल्न हिच्कीचाउँन थालेका छन् ।

राजमार्गहरुमा मात्रै होइन पर्यटकीय क्षेत्र पोखरा होस् वा ठमेल अथवा अन्य कुनै पनि क्षेत्रमा पुगेर यिनीहरुले यसरी नै सारङी बजाउने र परिवारका लागि खर्चको जोहो गर्ने गरेका छन् ।

रेडियो र टेलिभिजन नागरिकको घरमा नहुँदा बस्तीमा संगीतको माध्यमबाट सूचना, सन्देश र मनोरञ्चन प्रवाहका निम्ति सारङी सञ्चार प्रवाह गर्ने गतिलो साधनको रुपमा परिचित हुँदा हुँदै पनि समाजको दृष्टिकोण परिवर्तन नहुँदा यो रसिलो भरिलो संस्कृति लोप हुने त होइन भन्ने चिन्ता पनि छ ।