१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यावधि १५ दिन थपियो


156
Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यावधि १५ दिन थप भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समितिको कार्यवधि १५ दिनका लागि थप गरिएको हो ।

बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो । समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । तर तीन महिनामा काम नसकेपछि सभापति थापाले समितिले १५ दिनका लागि म्याद थप गर्न प्रतिनिधि सभा बैठकमा प्रश्ताव प्रश्तुत गर्नुभएको हो ।

प्रश्तुत प्रश्तावलाई समितिले सर्वसम्मत स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान हुनुहुन्छ ।