काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताउनुभएको छ ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो ।
सांसद गौतमले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरुका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने बताउनुभयो । उहाँले जनता रोइरहेको, बर्बादी भएको कुरा सरकारले नसुनेको बताउनुभयो ।
सांसद गौतमले सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक पहल थाल्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्