काठमाडौं । पोर्चुगलका लागि प्रस्तावित राजदुत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।
हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदुत भएर गए पहल गर्ने उहाँको प्रतिवद्धता थियो ।
सोमबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदुत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताउनुभयो । राजदुत पदलाई मार्केटिङ म्यानेजरको रुपमा चित्रण गर्दै उहाँले अन्य देशहरुमा नेपालको उत्पादनको बजार खोजी गर्नु र बिस्तार गर्ने काममा आफू लागिपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौं । त्यहाँ रहेका नेपालीहरुको डाटा कलेक्सनको काममा पनि लाग्नेछु । दुई देशबीचको द्विपक्षीय संयन्त्रलाई पनि एक्टिभ बनाउनुपर्नेछ । व्यापार घाटा कम गराउने काम पनि गर्नेछु । राजदुत भनेको मार्केटिङ म्यानेजर हो ।’
प्रस्तावित राजदुत पौडेलले दुई देशबीचको संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न पनि आफूले ध्यान दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्