२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


मन्त्रीको अनुगमन शंकास्पदः अखाद्य भन्दै सिल गरेको उद्योगको तेल गुणस्तरीय


0
Shares

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको बजार अनुगमन शंकास्पद देखिएको छ ।

मन्त्री यादव नेतृत्वको टोलीको अनुगमनपछि यथेष्ट प्रमाण नै नजुटाई निम्बस समूहले पर्सामा संचालन गरेको तेल उद्योगमा सिल गरेको भेटिएको हो । 

उद्योगमाथि लगाइएको आरोपको प्रमाण नजुटेपछि मन्त्रीकै निर्देशनमा सिल खोलिएको छ ।

मन्त्री यादव नेतृत्वको टोलीले उद्योगबाट लिएको तेलको स्याम्पल (नमुना) गुणस्तरहिन भन्दै ताला लगाए पनि उद्योगले बजारमा विक्री गरेको तेल नेपाल गुणस्तर तथा नापतौल विभागको ल्याब परीक्षण गर्दा गुणस्तरीय(खानयोग्य) प्रमाणित भएको छ ।

गुणस्तरीय तेल उत्पादन गरेको आरोपमा मन्त्रीको निर्देशनपछि गत ७ गते उद्योगमा सिल गरिएको थियो ।

मन्त्रीसहित अनुगमन टोलीको कच्चा अनुगमनले २२ दिन उद्योग बन्द गरेर शुक्रबार सिल खोलिएको छ । -नागरिक दैनिकबाट