२७ मंसिर २०८१, बिहिबार | Fri Dec 13 2024


आमा बुवाप्रति छोराछोरीले गर्नुपर्ने दायीत्वकाबारे चर्चा


0
Shares

काठमाडौं । कुशे औंसी पर्व एवं बुवाको मुख हेर्ने दिनको पावन अवसरमा काठमाडौंमा जेष्ठ नगरिकहरुले समाजप्रति गरेको योगदानबारे छलफल गरिएको छ ।

जेष्ठ नागरिक र सकारात्मक सोच नारा दिइएको कार्यक्रमका सहभागीहरुले जन्म दिने आमा बावुप्रति छोराछोरीले गर्नुपर्ने दायीत्वकाबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कीर्तिपुरका अध्यक्ष राज्यलक्ष्मी शाक्यले वर्तमान आधुनिक युगमा बुवाआमाप्रति छोराछोरीहरुले गरेको व्यवहार सन्तोषजनक नभएको गुनासो गर्नुभयो । उहाँले जन्म दिन आमावावुलाई अनाथालयमा लग्ने प्रचलन आएको भन्दै त्यसको विरोध गर्नुभयो ।

शाक्यले घरमै बसेर उनीहरुको हेरचाह गरि आफ्नो कर्तब्य निर्वाह गर्न सम्पूर्ण युवा वर्गलाई आग्रह गर्नुभयो । कार्यक्रममा इमेज च्यानलका महाप्रवन्धक रघुवरभक्त मानन्धर, हास्यकलाकार मदनकृष्ण श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा समाजका जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो ।