१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता : मन्त्री चौधरी


130
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता राखेर काम अगाडि बढाउने बताउनुभएको छ ।

मन्त्री चौधरीसहित मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवाल सहितको टोलीले आइतबार वीरगञ्जको नारायणी रंगशालाको निरीक्षण गरेको हो ।

वीरगञ्जको धरोहरको रुपमा रहेको नारायणी रंगशालाको अवस्था जिर्ण रहेको भन्दै मन्त्री चौधरीले खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका गर्दै रंगशाला पुनः निमार्ण पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताउनुभयो । रंगशालाको स्तरोन्नति गर्नको लागि कतार सरकार तयार रहेकोले रंगशालाको पुनः निमार्ण द्रुत गतिमा अघि बढाउने मन्त्री चौधरीले बप्रतिवद्धता जनाउनुभयो ।

मन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य आयोजना गर्न अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अनुगमनको क्रममा पुननिमार्णको काम अघि बढेको पाइएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरी आयोजना अघि बढाउने बताउनुभयो । उहाँले केही समयभित्रै खेलकुदमा परिवर्तन भएको खेलाडीले अनुभव गर्न पाउने बताउनुभयो ।

मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवालले जिर्ण अवस्थामा रहेको रंगशालागाई व्यवस्थित बनाउन संघीय सरकारसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । नारायणी रंगशाला जिर्ण हुदाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको मन्त्री जयसवाले बताउनुभयो । रंगशाला पुनःनिर्माण भएपछि मधेस प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकिने जानकारी दिनुभयो । अनुगमनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा र खेलाडीहरुको सहभागिता रहेको थियो ।