Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


देखिने ठाउँमा छैनन् ट्राफिक चिन्हहरु


442
Shares

काठमाडौं । सडकमा सवारीसाधन चलाउँदा ट्राफिक नियम र सङ्केतबारे जानकार हुनुपर्छ ।

यस्ता सङ्केत चिह्नहरुले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोेकेका हुन्छन् । पार्किङ निषेध, रोक्न निषेध, प्रवेश निषेध, यू—टर्न निषेध, दायाँ बोड्न निषेध, बायाँ मोड्न निषेध, हर्न निषेध, अधिकतम गतिमा हाँक्न निषेध, जेब्राक्रस, सडकको उचाई, उकालो बाटो चिन्ह, ओरालो बाटो चिन्ह, पहिरो खस्नसक्ने जोखिमको चिन्ह, दोहोरो मोडको चिन्ह, सहायक बाटोको चिन्ह, ट्रक निषेध, पैदल यात्री निषेध लगायतका संकेतहरु लेखेर टाँसिएका हुन्छन् ।

तर चिन्हहरुको व्यवस्थापन राम्रो नहुँदा छरपस्ट देखिन्छ । कतै सबै मानिसहरुले देखिने ठाउँमा संकेतहरु राखिएका छैनन् त कतै राखिएको ठाउँमा बोटबिरुवाको हाँगाहरुले छेकिएको छ । त्यसको व्यवस्थापन हुन सकेको छैन ।

जसका कारण जथाभावी पार्किङ गर्नेहरु बढेका छन् । साथै मानिसहरु जथाभावी बाटो क्रस गर्दा अनेकौँ दुर्घटनाहरु बढेका छन् । साथै न्युरोड, बौद्ध लगायतका व्यस्त बजारमा अव्यवस्थित पार्किङले हिँड्नै मुस्लिकल हुने गरेको देख्न सकिन्छ ।