२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


मुस्ताङको थासाङमा पुनः हिमपहिरो


2.132k
Shares

काठमाडौं । धौलागिरि हिमशृंखलामा मानापाथी हिमालबाट हिउँपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते पनि हिउँ पहिरो गएको थियो । सोहि स्थानबाट अहिले पुनः हिउँ पहिरो गएको हो ।

हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ मा पर्ने बोक्सीखोला पूर्ण रुपमा थुनिएको छ । हिउँपहिरो बोक्सीखोलाको धेरै तलसम्म आएकोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकोले त्यस क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ ।

बोक्सीखोला कालीगण्डकीको सहायक नदी भएको र नदी वरपर बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा परेका कारण सर्वसाधारणलाई सचेत तुल्याइएको हो ।

यसअघि २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए ।