काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गर्नुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताउनुभएको हो ।
ऊर्जामन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गर्नुभयो । उहाँले सरकारले स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाहरुको कामलाई समयमै सम्पन्न गर्न कटिवद्ध भएर लागेको पनि बताउनु भयो । सरकार रोजगारी सृजनातर्फ उन्मुख रहेको मन्त्री खड्काको भनाई थियो । उहाँले कुनैपनि आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने पनि बताउनुभयो ।
ऊर्जामन्त्री खड्काले आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि नेपालमा अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्