काठमाडौं । भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै हुनुहुन्छ । उहाँ आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ ।
परराष्ट्रमन्त्री राणा गत आइतबार (भाद्र २ गते) भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जानु भएको थियो ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले लगायतका नेताहरुसँग भेटवार्ता गर्नुभयो । भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्