काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताउनुभएको छ ।
बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनेको बताउनुभयो ।
अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउनुभयो । उहाँले पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरुले शेयरमा लगानी गरेको बताउनुभयो । उहाँले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको बताउनुभयो ।
अध्यक्ष कार्कीले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु भइरहेको बताउनु भयो । उहाँले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने बताउनुभयो । उहाँले विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताउनुभयो ।
अध्यक्ष कार्कीले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना समस्यामा परेको बताउनुभयो । उहाँले सरकारले ऊर्जा क्षेत्रमा लागू भएको दोहोरो कर प्रणाली हटाउनु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्