२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध


338
Shares

काठमाडौं । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखिको वर्षाले सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो जाँदा आज बिहानदेखि कर्णाली राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीले बताउनुभयो ।

वर्षाको मौसममा कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

राजमार्ग अवरुद्ध हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा यात्रुहरू अलपत्र परेका छन् ।