१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै


169
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ । सभामा उक्त प्रस्तावमाथि पक्ष वा विपक्षमा धारणा व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमालेका सांसद आचार्य गत साउन ७ गते नेपाली काँग्रेसको समर्थनमा मुख्यमन्त्री बन्नु भएको थियो । यसअघि आचार्य एमाले संसदीय दलका उपनेता हुनुहुन्थ्यो ।

शनिबार बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलका नेतासमेत चयन गरिसकेको छ । मुख्यमन्त्री आचार्यलाई काँग्रेस र एमालेसहित अन्य पाँच दलका सांसदले पनि विश्वासको मत दिने भएको एमालले जनाएको छ ।