१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बाहिरियो


0
Shares

नयाँदिल्ली, असार ६ । भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ ।

आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहनसक्ने अवस्था नरहेको भाजपाले जनाएको छ ।

आतंकवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाइ छ ।

नयाँदिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका वरिष्ठ नेता राम माधवले प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहसँगको परामर्शमै गठबन्धन तोडिएको जानकारी दिए ।

उनले भने–‘आज त्यहाँ हिंसात्मक घटना र आतंकवादीहरू बढीरहेकै छन्, त्यसतर्फ केही काम हुन सकेन ।’

नागरिकका आधारभूत अधिकारहरूको सुनिश्चितता नभएको र पाकिस्तानसँगको समस्या समाधान गर्न पनि नसकेकाले गठबन्धनमा बस्नुको औचित्य नरहेको उनले बताए । रासस/एएफपी