१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


भारतका विदेश सचिव मिस्री नेपालमा


442
Shares

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । उहाँ परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल आउनु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गर्नुभएको थियो ।

भारतीय सचिव मिस्रीलाई सचिव लम्सालले भारत भ्रमणमा गएका बेला नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयले जनाए अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ ।

सचिव मिस्रीले भ्रमणका क्रममा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेट गर्ने तालिका रहेको छ ।

भारतीय सचिव मिस्री सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।