२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


‘भैरव रिसालका छानिएका रचना-२’ सार्वजनिक


65
Shares

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा उहाँको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक भएको हो ।

पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ । पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरुमा लेखेका लेख तथा रचनाहरुलाई छानेर समावेश गरिएको छ । पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरुले ९७ वर्ष पुगिसक्नुभएको रिसालको ऊर्जाको प्रशंसा गरेका थिए ।

रिसालले आफ्नो पत्रकारिताका दिनहरुमा र लेखनमार्फत देशलाई योगदान पु¥याएको भन्दै सम्मान व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताउनुभयो । रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उहाँले बताउनुभयो ।

रिसालले अझैपनि सक्रिय जीवन व्यतित गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेख रचना आउनेमा आमन्त्रित अतिथिहरुले विश्वास व्यक्त गरेका थिए ।