२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


मुलुकमा पर्यटन प्रवर्द्धनका लागि वागमती प्रदेश सरकार तयार छ : मुख्यमन्त्री लामा


312
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफूहरु तयार रहेको बताउनुभएको छ ।

एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताउनुभयो ।

उहाँले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गरेर उनीहरुलाई आकर्षित गर्न सकिने भएकाले त्यसमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभयो ।

मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताउनुभयो । उहाँले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।