१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्छ : गगन थापा


676
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव अघि सार्नुभएको हो ।

महामन्त्री थापाले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानूनी प्रवन्ध गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय शतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने बताउनुभयो ।

महामन्त्री थापाले नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरु मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचालाई बनाइएको बताउनुभयो । उहाँले कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुट्याउन आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री थापाले भ्रष्टाचार जताततै रहेको भन्दै नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ भन्ने सोच्न नहुने बताउनुभयो । उहाँले नियमनकारी निकायहरु मिलिजुली भागबण्डामा बनाएकाले पनि भ्रष्टाचार रोक्न नसकिएको बताउनुभयो ।

महामन्त्री थापाले सरकार मिलिजुली बनेको झैँ भ्रष्टाचारका काण्डहरु मिलेमतो भएर मात्रै सम्भव हुने जिकिर गर्नुभयो ।