१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


टिआरसीमा भएको सहमति उल्टिने काम नहोस् : देव गुरुङ


273
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी)मा दलहरुका बीचमा भएको सहमतीबाट पछाडी फर्किनु नहुने बताउनुभएको छ ।

शुक्रबार महासचिव गुरुङले विगतमा पनि पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमती भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतीबाट पछाडी फर्किनु नहुने बताउनुभएको हो ।

महासचिव गुरुङले विगतमा सहमती कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरु उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडी बढ्नेमा आफूहरु आशावादी रहेको बताउनुभयो । उहाँले सहमती कार्यान्वयन गर्नका लागि दलहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले टिआरसीको विषय टुंग्याउन निकै विलम्व भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गर्नुभयो ।

महासचिव गुरुङले माओवादी केन्द्र सहमती कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।