काठमाडौं, भदौ ३० । प्रतिनिधिसभाको शनिबारको बैठकले ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत् गरेका थिए ।
उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले गोपनीयताको हक व्यक्तिको मानसम्मान र सुरक्षाका लागि आवश्यक भएको बताए ।
उनले गोपनीयताको हक सुरक्षित गर्दा अपराधी नउम्किउन् भन्नेमा पनि सचेततापूर्वक छलफल भएको उल्लेख गरे ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मीना पाण्डेले ‘सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेस गरे ।
त्यस्तै, शिक्षा तथा स्वास्थ्य समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले ‘अनिवार्य तथा निःशुल्क शिक्षाविधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेस गरे ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘अपराधपीडित संरक्षण, २०७५’ र बालबालिकासम्बन्धी विधेयक, २०७५’ विधेयक टेबुल गरेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्