काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधवार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
अर्थमन्त्री पौडेलले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताउनुभयो । उहाँले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले सरकारकाप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताउनुभयो । लोकतन्त्रको सबलीकरणका लागि मिलेर अघि बढ्न आग्रह गर्नुभयो । सरकारले सापेक्षित रुपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रुपान्तरणका एजेण्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डो¥याउनेतर्फ सरकार केन्द्रित रहेको बताउनुभयो । स्थिरता र स्थायित्वको सवालमा विश्वास गर्नसक्ने स्थानमा आएको दाबी गर्नुभयो ।
अर्थमन्त्री पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशिल, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रको आत्मविश्वास र मनोबल उठाउनुपर्ने अवस्था रहेको बताउनुभयो । उत्पादन वृद्धिसँगै राजश्व, पुँजीगत खर्च गर्ने सामथ्र्य वृद्धि, व्यापार असन्तुलनलाई अन्त्य गर्ने कुरामा ध्यान दिने बताउनुभयो । उहाँले गतिशिल र सबल अर्थतन्त्र निर्माण गर्ने चुनौति रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्