२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


सरकारले कारागारका बालबालिकालाई राम्रो विद्यालयमा अध्ययन गर्ने व्यवस्था गर्नुपर्छ : सांसद प्रसाईं


91
Shares

काठमाडौं । नेपाली कांग्रसकी सांसद सरिता प्रसाईंले कारागारमा रहेका आश्रित बालबालिकाहरुलाई बाहिर ल्याएर अध्ययनको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद प्रसाईंले हाल कारागारमा ७६ जना बालबालिका आश्रित अवस्थामा रहेको सरकारी डाटा उल्लेख गर्दै उहाँले उनीहरुलाई सरकारले बाहिर ल्याएर राम्रो विद्यालयमा पठनपाठनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले थोरै संख्यामा रहेका ती बालबालिकाहरुलाई राज्यले बाहिरनै राखेर पठनपाठनको व्यवस्था गर्न सके राम्रो सांसद प्रसाईंको भनाई थियो ।

सांसद प्रसाईंले ज्यानमार्ने उद्योग अन्तर्गतको कैदीलाई छुट्टै कारागारमा राख्ने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो । गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा बसेको बैठकमा उहाँले अन्य कैदीहरु र उनीहरुबीच झडप हुने स्थिति समेत हुने भएकाले उनीहरुलाई छुट्टै कारागारमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क समेत गर्नुभयो ।