२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


बेलायतमा छुरा प्रहारको विरुद्धमा प्रदर्शन


0
Shares

एजेन्सी । बेलायतमा भएको छुरा प्रहारको घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा ३९ जना प्रहरी घाइते भएका छन् ।

मंगलबार बेलायतको नृत्य कार्यशालामा प्रवेश गरेका एक युवकले बालबालिकामाथि जथाभावी छुरा प्रहार गर्दा ३ जनाको मृत्यु र ८ जना घाइते भएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो ।

बेलायतको साउथपोर्टको सेन्ट ल्यूक रोडमा भएका प्रदर्शनमा पीडित परिवारका साथै हजारौंको सहभागिता रहेको छ । सु्रक्षामा भएको कमी कमजोरीका कारण घटना भएको भन्दै प्रदर्शनकारीहले सरकारको चर्को आलोचना गर्दै नाराबाजी गरेका छन् ।

प्रदर्शनका क्रममा तैनाथ गरिएका सुरक्षाकर्मीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दा अधिकांश प्रहरीको शरीरमा चोट लागेको छ ।

यसैक्रममा प्रदर्शनकारीले भौतिक सम्पत्तिमा समेत आगजनी गरेका छन् । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले पानीको फोहोरा र अश्रग्याँस प्रहार गरेको थियो ।