२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने माओवादी केन्द्रको निर्णय


169
Shares

काठमाडौं । मंगलबारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

प्रवक्ता सापकोटाले ५ दिनदेखिको छलफलमा गम्भीर रुपमा छलफल भएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

प्रवक्ता सापकोटाले जनताका जल्दा बल्दा समस्याहरु र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताउनुभयो ।

प्रवक्ता सापकोटाले वृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट बिस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताउनुभयो ।