काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख ईन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद न्यौपानेले उपसभामुख रानामाथि मानव तस्करीको गम्भीर आरोप लागेको भन्दै छानविनको माग गर्नुभएको हो ।
सांसद न्यौपानेले जिम्मेवार पदमा बसेको मान्छेमाथि गम्भीर आरोप लागेपछि छानवीनबाट दोषि वा निर्दोष हुन पाउने हक आरोपितको रहेको भन्दै यसप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले यस सम्बन्धमा सभामुखको धारणा माग गर्नुभयो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा नेपाली नागरिकता नभएको अवस्थामा सांसद तथा मन्त्री समेत भएको भन्दै त्यसप्रति प्रश्न उठाउनुभयो ।
सांसद न्यौपानेले लामिछाने नेपाली नागरिक नभएको बेलामा उहाँले गरेको काम, कारबाहीहरुलाई कसरी हेर्ने भनेर प्रश्न समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्