२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


सार्वजनिक लेखा समितिका सभापतिले पदको दुरुपयोग गरे : सांसद सापकोटा


650
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम असुली गर्न बाँकि रहेका व्यापारीसँग भेटेर पको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका बेला सांसद सापकोटाले सो रहस्यमय ढंगको भेटबारे आफूले सूचना पाएको दाबी गर्नुभएको हो ।

मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद सापकोटाले सभापति पोखरेलले पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको उल्लेख गर्नुभयो । उहाँले घटनाको गम्भिरतापूर्वक छानविन गर्न पनि सरकारसँग माग गर्नुभयो ।

सांसद सापकोटाले दुध किसानहरुको भुक्तानी तत्काल गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।