१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सरकारले साहित्यिक पत्रिकाहरुका लागि आवश्यक आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छ : सांसद पन्त


65
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले हाम्रो भाषा, संस्कृति र साहित्यका जोगाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाले ती पत्रिकाहरुलाई सरकारले आर्थिक सहयोग र विज्ञापनको पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले प्रकाशक र सम्पादकले आफ्नो लगानी गरेर ती पत्रिकाहरु जोगाउन सकिने अवस्था नरहेकाले पनि सरकारले त्यसका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने तर्क गर्नुभयो ।

सांसद पन्तले सरकारले साहित्य र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने पनि बताउनुभयो ।