२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


साउन महिनाको दोस्रो सोमबार, शिवालयमा घुइँचो


208
Shares

काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथका साथै देशभरका शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बसेर शिव मन्दिरमा दूध र जल चढाइ पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ ।

यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । हरेक सोमबार रातो, हरियो र पहेंलो वस्त्र लगाएर भक्तजन भगवान शिवको आराधना गर्दछन् ।