काठमाडौं । रामेछापमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार राति पहिरोमा परेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर माथिबाट आएको लेदो पहिरोले पुरिएर बिमा तामाङको घरभित्र आगो ताप्दै गरेका उनकी छोरी १७ वर्षीया सिता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १४ वर्षीया आशिका तामाङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङ्गको मृत्यु भएको होे ।
पहिरोमा पुरिएको जानकारी पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट पुगेको नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले राती नै शवहरु निकालेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्