२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


उद्योगी व्यवसायीको प्रश्न – मुलुकमा रोजगारी सिर्जना गर्नु अपराध हो ?


377
Shares

काठमाडौं । देशमा रोजगारी सिर्जना गर्दा व्यवसायीहरुलाई सरकारले अपराधीको संज्ञा दिएको भन्दै उद्योगी व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उद्योगी व्यवसायीहरुले एउटै उद्योगमा ४ हजार ५ सयलाई रोजगारी दिनु अपराध हो रु भन्दै संसदीय समितिमा प्रश्न गरेका हुन् । उनीहरुले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम विवादको कारण बाहिर हिँड्न समेत समस्या भएको गुनासो गरे । उनीहरुले देशका प्रतिष्ठित व्यवसायीहरुलाई विद्युत चोरको आरोप लागेको भन्दै संसदीय समितिले न्याय दिन माग गरे ।

व्यवसायीहरुले विद्युत नियमन आयोगले तोकेको विद्युत महशुल रकम तिर्न तयार रहेको बताए । समितिमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले विद्युत नियमनको अनुमति बिना कुनैपनि विद्युत महशुल तोक्न नपाउने बताउनुभयो । उहाँले व्यवसायीहरुले विद्युतको रकम नतिरेको भन्ने भाष्य बाहिर जान नहुने बताउनु भयो । उहाँले अहिले बाहिर व्यवसायीहरु विद्युत चोर हुन् भन्ने भाष्य निर्माण भइरहेको बताउनुभयो ।

पूर्वअध्यक्ष मुरारकाले उद्योगी व्यवसायीले विद्युत प्राधिकरणको ४० प्रतिशत विद्युत प्रयोग गर्ने गरेको बताउनुभयो। उहाँले आफूहरुको परिवार बाहिर पसलमा तरकारी किन्न जाँदा समेत विद्युतको पैसा तिर्नुभएको छैन रु भन्दै प्रश्न गर्न थालिएको गुनासो गर्नुभयो । उहाँले व्यवसायीहरुले सामाजिक रुपमा समेत अपहेलित भएको भन्दै संसदीय समितिले न्याय दिन माग गर्नुभयो ।

पूर्वअध्यक्ष मुरारकाले नेपाल विद्युत प्राधिकरणले लिखित माफी माग्नुपर्ने बताउनुभयो । उहाँले पहिला २२ दिन र अहिले १२ दिन विद्युत काटिएको भन्दै त्यसको क्षेती कसले दिने भन्दै प्रश्न गर्नुभयो । उहाँले नियमन निकाय भन्दा माथि विद्युत प्राधिकरण नभएको भन्दै नियमनकारी निकायले तोकेको मूल्यका आधारमा व्यवसायीहरु पैसा तिर्न तयार रहेको बताउनुभयो ।

रिलाइन्स स्पिनिङ मिलका सञ्चालक पवन गोल्यानले डेडिकेटेडलाइन हुने बित्तिकै व्यवसायीहरुले ६५ प्रतिशत बढी रकम तिर्ने व्यवस्था नभएको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणले आफूखुशी रुपमा ६५ प्रतिशत बढी रकम माग गर्नु गलत भएको बताउनुभयो । उहाँले भक्तबहादुर पुनको रिपोर्टमा नभएको रिलाइन्स स्पिनिङ मिलको नाम नहुँदा पनि प्राधिकरणले जबरजस्ती मुछेको बताउनुभयो ।

पूर्वअध्यक्ष मुरारकाले विद्युत प्राधिकरणको नाफा बढाउने सोचले उद्योगी व्यवसायीहरुको जथाभावि बिल काटिएको उल्लेख गर्नुभयो । उहाँले रिलाइन्स स्पिनिङ मिलले देशमा ४ हजार ५ सयलाई रोजगारी दिएको भन्दै ४ हजारलाई रोजगारी दिनु अपराध हो रु भन्दै समितिमा प्रश्न गर्नुभयो ।